Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको आज त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो ।

उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार कोरोनाको संक्रमणबाट पर्साको वीरगञ्ज महानगरपालिका-१० का ६५ वर्षीय पुरूष, धनुषा सहिदनगर नगरपालिका-८ डुमरियाका ३६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया