Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

टोकियो – जापानको बहुुर्राष्ट्रिय प्राविधिक कम्पनी फुजित्सुले आफ्ना कर्मचारीलाई काम गर्न अभूतपूर्व लचकदार योजना बनाएको जनाएको छ ।

कम्पनीले जापानमा काम गर्ने आफ्ना ८० हजार कर्मचारीलाई “वर्क लाइफ सिफ्ट” कार्यक्रममार्फत यस्तो सहजता प्रदान गर्न लागेको हो ।

यो कार्यक्रमअन्तर्गत कर्मचारीहरुलाई आफ्नो समयानुकुल र घरबाटै वा जहाँ सम्भव छ त्यहिबाट काम गर्ने वातावरण सिर्जना हुुनेछ ।

यो घोषणा गत मे महिनामा सामाजिक सञ्जाल टिव्टरले गरेको घोषणा जस्तै हो ।

कम्पनी अनुुसार यो कार्यक्रममार्फत कर्मचारीहरुलाई घर, कर्पाेरेट हब वा स्याटलाइट अफिस जताबाट पनि काम गर्ने स्वतन्त्रता प्रदान गरिने छ ।

कम्पनीले कर्मचारीलाई प्रदान गरेको आत्मनिर्णयको यो स्वतन्त्रताले उनीहरुको कार्यक्षमता, दक्षता र उत्पादकत्व वृद्धि गर्ने विश्वास लिइएको छ ।

कोरोना महामारीको प्रभावका कारण यसअघि अन्य कम्पनीहरुले पनि घरबाटै काम गर्ने योजना ल्याइसकेका छन् ।

तपाईको प्रतिक्रिया