Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९)का ९२ प्रतिशत संक्रमित निको भएर घर फर्केको बिबिसीले जनाएको छ ।

अष्ट्रेलियामा सात हजार दुई सयको हाराहारीमा रहेका संक्रमितमध्ये अधिकांश घर फर्केका छन् भने अहिले अस्पतालमा भर्ना भएका निको हुन बाँकी बिरामीको संख्या २१ छ ।

कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै अष्ट्रेलियामा लकडाउन केही खुकुलो बनाइएको छ । साथै बढीमा ५० जना भेला हुन अनुमति दिइएको छ ।

अष्ट्रेलियाको धेरै मानिसको बसोवास रहेको न्यु साउथ वेल्समा क्याफे, रेष्टुरेन्ट, ब्युटी पार्लरहरु खोल्नका लागि पनि अनुमति दिइएको छ । सोमबारदेखि अष्ट्रेलियामा चिडियाखाना, संग्रहालय खुलेका छन् ।

अहिलेसम्म कोरोना भाइरसबाट अष्ट्रेलियामा १०३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया