Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ बुङमतीका एक पुरुषको मृत्युपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ५६ वर्षीय पुरुषको बुधबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले उनको निधन भएको बुधबार नै पुष्टि गरेका थिए ।

मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको थियो । यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया