Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
                                                                                                             चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङ्ग तस्बिर : सिन्‍ह्‍वा

काठमाडौं – चीनले कोरोना भाइरस (कोभिड-१९)को उत्पत्तिबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गर्ने अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । कोरोना भाइरसको उत्पत्तिबारे गरिने वैज्ञानिक अनुसन्धानमा डब्लूएचओलाई पूर्ण साथ र सहयोग गर्ने चीनले बताएको हो ।

तर यसलाई राजनीतिकरण गर्न भने नहुने चीनले भनेको छ । अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे चीनले पारदर्शी ढंगले सूचना नदिएको आरोप लगाउँदै आएको छ । तर चीनले अमेरिकी आरोपको लगातार खण्डन गर्दै आएको छ ।

बुधबार डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ डाक्टर मारिया भान केर्खोवले कोरोना भाइरस संक्रमण कुन जनावरबाट सुरु भयो भन्नेबारेमा अनुसन्धान गर्न चीनसँग कुरा भइरहेको बताएकी थिइन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओलाई ‘उपयुक्त समय’ मा सहयोग गर्न चीन सहमत भएको बताइन् ।

तपाईको प्रतिक्रिया