Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं  – अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित सबै नेपाली निको भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । क्यानबेरामा रहेको नेपाली दूतावासका अनुसार अस्ट्रेलियामा आठजना नेपालीको कोरोना संक्रमण देखिएको थियो ।

दुई साताअघि सिड्नीका ४ विद्यार्थी र मेलबर्नका ३ जनामा संक्रमण देखिएको थियो । आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ । एकजना विद्यार्थी भने साता दिनअघि नै निको भएर फर्किसकेका थिए ।

अब कोरोना भाइरस देखिएका सबै नेपाली निको भएर आफ्नो दैनिकीमा फर्किसकेका छन् । करिब १ लाख २० हजार नेपाली बसोबास गर्ने अस्ट्रेलियामा कुनै पनि नेपाली संक्रमणमा नपर्नु खुसीको खबर भएको दूतावासको भनाइ छ ।

तपाईको प्रतिक्रिया