Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – नेपाली कांग्रेसको जापान स्थित भातृ संगठन नेपाली जनसंपर्क समिति जापानले यहि अगस्त ८ तारिखका दिन जापान भ्रमणमा आउनुभएका पार्टीका केन्द्रिय नेता डा. शेखर कोईरालाको बिशेष उपस्थितिमा “नेपालको बदलिंदो राजनीतिक परिस्थिति, अबको नेपाली राजनीति र नेपाली कांग्रेसको जिम्मेवारी”बिषयक एक दिने बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सहभागीहरुद्वारा अहिलेको नेपालको संक्रमणकाल, शान्ति, संबिधान, संघियता, प्रादेशिक संरचना तथा निर्वाचन लगायतका बिषयमा सोधिएको प्रश्नको जवाफ़मा डा. कोइरालाले अहिले नेपालमा बिद्यमान राजनीतिक दलहरुको मतभेद, कांग्रेसले लिएको लोकतान्त्रिक धार र माओबादीले लिएको अतिबादी साम्यबादलाई ब्यबस्थापन गर्न नसक्नुको कारण रहेको बताउनुभयो ।
उहांले बिश्व राजनीतिमा बहुलबाद भनेको लोकतन्त्रको पहिलो आधार भएको उल्लेख गर्दै लोकतन्त्रलाई स्वीकार गरी १२ बुंदे सहमति हुंदै सत्तामा आएको माओबादीले अन्तत लोकतन्त्रलाइ नमानी देश र जनतालाई धोका दिदै गैरहेकोले लोकतन्त्रलाई स्थायित्व दिंदै यसलाई पूर्ण लोकतन्त्रमा रुपान्तरण गर्न नेपाली कांग्रेसले अग्रसरता लिनु पर्ने र जनतालाइ धोका दिने कार्यलाई रोक्न महत्वपूर्ण भूमिका खेलिरहेको पनि बताउनुभयो । यसै क्रममा उहांले नेपाली कांग्रेसले जनताको हक हित र अधिकारलाई संरक्षण गर्न जुनसुकै अतिबादी शक्ति संग संघर्ष गर्न पनि तयार रहेको, जनजाति, प्रादेशिक संरचना, संबिधान, निर्वाचन सम्बन्धमा स्पष्ट भएको र यी बिषयहरुमा आफ़्नो पार्टीले माओबादीले भन्दा पहिल्यै आफ्नो धारणा स्पष्ट पारेको बताउनुभएको थियो ।

यसै क्रममा नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठले नेपाली राजनीतिमा अहिले देशलाई निकास दिन सबैको एकता र सदभावको आवश्यकता रहेको बताउंदै मुलुकलाई निकास दिनको लागि पार्टी भन्दा माथि उठी सबै पार्टीका नेतृत्वले हदैसम्म लचिलो भई नेपाली जनतालाई राजनीतिक स्थायित्व बोध गराउनुपर्ने बिचार ब्यक्त गर्नुभयो । उहांले एउटा राजनीतिक दलको नेता मात्र नभई सिंगो नेपालको र नेपालीलाई गोलबद्ध गराई देशमा प्रबासी नेपालीहरुको समेत अधिकार संरक्षण गर्न सक्ने नेतृत्वको टड्कारो खांचो भएको पनि बताउनुका साथै नेपाली एकता र सह-अस्तित्व कायम राख्नको लागि हामी सबैको जिम्मेवारी हुनुपर्ने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष तथा महाधिबेशन प्रतिनिधी महेशकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि द्वय चिरन्जिबी थापा र सुवास लोहनी, सल्लाहकार भूपिगोबिन्द श्रेष्ठ, बौद्धिक ब्यक्तित्व गणेशप्रसाद नेपाल, उपाध्यक्ष पासांग शेर्पा, प्रबक्ता राजेन्द्र जमरकट्टेल तथा सदस्यहरु सुजन जोशी, पुस्करजंग थापा, देविलाल शर्मा, गोबिन्द थकाली, तारा सापकोटा लगायतका सहभागीहरुले सम्बन्धित बिषयमा मन्तब्य तथा प्रश्नहरु राख्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष बलराम श्रेष्ठको सभापतित्व र महामन्त्री आनन्दबहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । अन्तमा कार्यक्रमका सभापति बलराम श्रेष्ठले कार्यक्रम समापन गर्दै रात्री-भोजको लागि आह्वान गर्नुभएको थियो ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया