Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – धनगढीका लागि उडेको नेपाली सेनाको स्काई ट्रक फिर्ता हुनुको प्रमुख कारण क्लोरिन भएको पुष्टि भएको छ ।

कोरोनाको उपचारको लागि चाहिने स्वास्थ्य सामग्री बोकेर धनगढीका लागि बिहान साढे ७ बजे उडेको स्काई ट्रकमा क्लोरिनको पिरो राग आएपछि ७:४५ मा फिर्ता भएको थियो । ‘क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी र विराटनगर पठाइएको छ,’सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने,’क्लोरिनकै कारण बिहान स्काई ट्रक फर्किनु परेको अनुसन्धानले देखाएको छ ।’

प्रवक्ता पाण्डेका अनुसार धनगढी उडेको स्काई ट्रक फर्किनु परे पनि विराटनगरका लागि जान लागेको स्काई ट्रक ग्राउण्डमै रोकिएको थियो । सुर्खेत गएको स्काई ट्रकले भने क्लोरिन लगेको थिएन ।

तपाईको प्रतिक्रिया