Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै रेकर्ड तोडेको छ । नेपाली बजारमा आज सुन अहिलेसम्मकै महँगो भएको छ ।

आज सुनको मूल्यमा प्रतितोला दुई सय रुपैयाँले बढेको छ । हिजो सार्वजनिक बिदा परेकाले नयाँ मूल्य आएको थिएन । तर, आज मंगलबार भने छापावाल सुन गत आइतबारको तुलनामा दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजाबी सुन पनि प्रतितोला दुई सय रुपैंयाँ नै बढेर ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत आइतबारको तुलनामा चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । गत आइतबार ८९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घट्दै ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

कारोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्र प्रभावित हुनुको साथै अन्तर्राष्ट्रिय शेयर बजारमा निरन्तर ओरालो लागिरहँदा सुनको मूल्य भने निरन्तर उकालो लाग्दै नयाँ उचाइ बनाउने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया