Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – अमेरिकाकी ६१ वर्षीया एक महिलाको शरीरमा अल्कोहल बनिरहेको छ । संसारमा यस्तो पहिलो घटना हो ।

विशेषज्ञहरूका अनुसार, यो दुर्लभ स्थिति हो र विज्ञानको भाषामा यसलाई युरिनरी अटो–ब्रुअरी सिन्ड्रोम भनिन्छ । यस्तो हुँदा ब्लाडरमा अल्कोहल बन्छ ।

ती महिला लिभर सिरोसिस र डायबिटिज पीडित हुन् र उनको कलेजो प्रत्यारोपण हुनुपर्ने थियो तर डोनर नपाएका कारण त्यो सम्भव भएन ।

युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरमा महिलाको अनेकथरी जाँच गरिँदा सबै परीक्षण पोजिटिभ पाइयो । त्यसपछि उनले रक्सी पिउने गरेको कुरा लुकाइरहेको आशंका गरियो । उनको रक्तपरीक्षण गरियो तर रगतमा अल्कोहलको प्रमाण फेला परेन ।

यान्नल्स अफ इन्टर्नल मेडिसिन जर्नलमा प्रकाशित केस रिपोर्ट अनुसार, महिलाको युरिनमा ग्लुकोजको मात्रा बढी भेटियो जसलाई हाइपरग्लाइकोसुरिया भनिन्छ ।

मधुमेहको रोगी भएका कारण उनको पिसाबमा सुगरको मात्रा बढी पाइयो । अनुसन्धाताहरूका अनुसार, महिलाको ब्लाडरमा धेरै यीस्ट जमेको छ जसले ग्लुकोजलाई एथेनोलमा परिणत गर्छ । यीस्टले फर्मेन्टेसन अर्थात् ग्लुकोजलाई एथेनोलमा परिणत गर्ने काम जारी राख्यो र परिणामस्वरूप ब्लाडरमा एथेनोल अर्थात् अल्कोहलको स्तर बढ्यो ।

त्यस यीस्टलाई एन्टी–फंगल ट्रीटमेन्टको सहायताले हटाउने कोशिश गरियो तर असफलता हात लाग्यो । त्यसक्रममा ब्लड सुगर पनि बढ्दै गयो ।

तपाईको प्रतिक्रिया