Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – चिनियाँ फिल्म निर्देशक छाङ काइकी पत्नीबाहेक परिवारका सबै सदस्यको कोरोनाका कारण मृत्यु भएको छ । कारोनाको हाइ-प्रोफाइल मृत्युको यो सबैभन्दा पछिल्लो घटना हो ।

उनीहरू भाइरसको एपिसेन्टर वुहान सहरमा घरभित्रै क्वारेन्टाइन अवस्थामा थिए । ५५ वर्षीय काइको १४ फेब्रुअरीका दिन मृत्यु भएको चिनियाँ म्यागजिन केइसिनले रिपोर्ट गरेको छ । उनका आमाबुवाको भने दुई साता अगाडि मृत्यु भएको थियो । त्यस्तै बहिनीको काइको मृत्युको केही घण्टापछि भएको बताइएको छ । हाल उनकी श्रीमती पनि गम्भीर अवस्थामा छन् । उनका एक मात्र छोरा भने लन्डनमा रहेको बताइएको छ ।

वुहान र आसपासका क्षेत्रमा मृत्युको दर बढी रहेको पाइएको छ । त्यहाँका धेरै बिरामीले अस्पतालमा बेड पाउन कठिन भएको गुनासो गर्दै आइरहेका छन् । सरकारले नयाँ भवन निर्माण गरे तापनि बिरामीको सङ्ख्या क्षमताभन्दा बढी पुगेकाले पनि यस्तो भएको हो । कतिपय बिरामी भने इन्टेस्भि केयरमा रहँदारहँदै पनि मृत्यु भएको छ जसमा पहिलोपटक कोरोनाबारे खबर गर्ने डाक्टर पनि पर्छन् ।

त्यस्तै एक वातावरण कार्यकर्ता र उनकी पत्नीको पनि कोरोनाका कारण मृत्यु भएको अनुमान गरिएको छ तर उनीहरुको स्वास्थ्य परीक्षण नगरिएको हुँदा रोग पुष्टि हुन नसकेको बताइएको छ । यसरी निर्देशक काइले मृत्युको मुखमा रहँदा आफ्ना सबै इष्टमित्र र आफन्तहरुलाई अन्तिम सन्देश पठाएको र लन्डनमा हुने छोरालाई पनि धेरै याद र माया पठाएका थिए ।

तपाईको प्रतिक्रिया