Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – गुल्मी आँपचौर  इन्द्रेगौंडा-६ का एकजना नेपालीले टोकियोमा आज एकाबिहानै आत्महत्या गर्नुभएको छ ।

करिव ३५ बर्षिय खिमानन्द खरेललाई आज बिहान करिव साढे पाँच बजेतिर आराकावा कुयाक्शोको पार्कमा प्रहरीले मृत अवस्थामा फेला पारेको गुल्मी सेवा समितिका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो ।

६ बर्ष अगाडि कुक भिसामा जापान आउनुभएका खरेल श्रीमतीसंगै आराकावा कु को मिकावासिमामा बस्दै आउनुभएको थियो । पछिल्लो चरणमा खरेल बेरोजगारी अवस्थामा रहेको बुझिएको छ भने उहाँ जापान आएदेखि एकपटक पनि घर जानुभएको छैन ।

मृतक खरेलको खल्तिमा भएको एलाइन कार्डको  आधारमा घरमा श्रीमतीलाई  पुलिसले खबर गरेको बताइएको छ । मोबाइलको लाइन काटिएकोले हिजोदेखि श्रीमान र श्रीमतीबिच सम्पर्क हुन नसकेको बताइएको छ ।  पोस्टमार्टमको रिपोर्टअनुसार मृत्यूको कारण आत्महत्या नै भएको  प्रहरीले पुष्टी गरेको छ ।   बिस्तृत जानकारीका लागि समुद्रपारि हेर्दै गर्नुहोला |  ***

तपाईको प्रतिक्रिया