काठमाडाैं – एउटा खुशी र सन्तोषजनक दाम्पत्य जीवनको लागि राम्रो व्यबहार र असल सोच हुनु जुरुरी छ । प्रेम साच्चिकै अन्धो हुन्छ तर विबाह त्यो बन्ध भएको आँखा खोल्ने एउटा यथार्थ हो तिनीहरुको लागि जो आफ्नो पार्टनरलाई विबाह अगाडी राम्रोसँग जान्ने मौका पाएको हुदैनन् । थोरै चिनजानको भरमा बिहे गर्नेहरु भ्रमको भरमा सम्बन्ध स्थापित गर्छन् ।
कतिपयले विवाह गर्नु हुदैन, बिहे भन्ने बित्तिकै खुसीको अन्त्य र चुनौतीको सुरुवात भन्ने गर्छन् तर बिहे भनेको सबै कुराको अन्त्य होइन । यही सोचले गर्दा पनि वैवाहिक सम्बन्ध दिक्क लाग्दो र निरासा पूर्ण हुन्छ । यस्तो दृष्टिकोणको परिवर्तन आवश्यक छ । विवाहपछि एउटा नया सम्बन्धको सुरुवात गर्नु पर्छ । विवाह भैसकेपछि रोमान्स सकियो भन्ने सोच्नु गलत हो ।
त्यही माया र विश्वास बनाई राख्नको लागि एक-अर्काको साथ र दुबैजनाको बीचको साझेदारी हुनुपर्छ । श्रीमान श्रीमतीबीचको आकर्षण र सम्बन्धलाई लामो सम्म निरन्तरता दिनको लागि स्पेस चाहिन्छ । तर त्यो स्पेसको लिमिट कति भन्ने चै दुवै जान मिलेर तय गर्नुपर्छ । विवाह भनेको मान्छेको जीवनको एउटा पाटो हो यो जीवनसाथी रोज्ने र आफ्नो बनाउने एउटा सामाजिक प्रक्रिया हो । तर हाम्रो समाजमा यसलाई एउटा लाइसन्स अथवा अनुमति को रुपमा लिईन्छ । यसकै फलस्वरूप हाम्रो समाजमा हत्या, हिंसा र कुटपिट हुने गरेको छ ।
नेपालको अवस्था हेर्दा पनि यही देखिन्छ, हरेक दिन श्रीमान् अथवा श्रीमतीको हत्या अनि घरेलु हिंसाको घटनाहरु भैरहेको देखिएको छ । आफ्नो पार्टनरलाई जे गर्दा पनि हुन्छ र जस्तो व्यबहार गर्दा पनि हन्छ भन्ने मानसिकता अझैँ पनि छ । आफ्नो साथिको सम्मान गर्ने र समान व्यबहार गर्नाले वैबाहिक जीवन सफल हुन्छ । यदि जिम्मेवारी र कर्तब्यलाई सझा बनाउदै लैजाने हो भने सम्बन्ध सुमधुर हुदै जान्छ । जस्तै – घरेलु कामकाजमा सहयोग गर्ने अनि अरुले गारेको कामको सम्मान गर्ने हो भने दाम्पत्य जीवन सजिलो र सुखी हुन्छ ।