Deneme Bonusu Veren Siteler
बिहिबार, मंसिर २०, २०८१
Thursday, December 5, 2024

टोकियो – एनआरएन जापानको अधिवेशन नजिकिदैं गर्दा विभिन्न पदका आकाँक्षीहरुले आफ्नो दावी सार्बजनिक गर्ने क्रम जारी छ । उसो त निर्वाचन समितिले सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी आह्वान पश्चात रितपूर्वकको उम्मेदवारी दर्ता प्रक्रिया पुरा भई उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछिको उम्मेदवारहरुलाई मात्र आधिकारिक उम्मेदवार मानिन्छ । तथापि सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारीको घोषणा गर्ने र जनमत आफ्नो पक्षमा पार्ने प्रयासको थालनी भईसकेको छ ।

यसैवीच हालका सचिव जनकविक्रम शाहीले आगामी कार्यकालका लागि महासचिवमा दावी गर्दै मैदानमा उत्रने घोषणा गरेका छन् । मौजुदा कार्यसमितिको सचिवमा रहेर दुई वर्ष काम गरेको आफ्नो अनुभवको आधारमा थप जिम्मेवारी सहित एनआरएन अभियानमा लाग्ने प्रण गर्दै शाहीले महासचिवमा आफ्नो दावी अगाडि सारेका हुन् ।

जापानबासी नेपालीहरुको निकटमा रहेर हरेक सुखदुखमा साथ दिदैं अगाडि बढ्ने अभिप्रायले महासचिवको जिम्मेवारीका लागि आफु सक्षम भएको र उक्त अवसर पाएमा आफुले निम्न कार्यसूचीसहित इमान्दारीपूर्वक जिम्मेवारी निर्बाह गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन् ।

शाहीद्वारा प्रेषित उम्मेदवारीको विज्ञप्तीमा भनिएको छ –

यसकारण, महासचिवमा मेरो उम्मेदवारी :
१. विशेष प्रणालीको व्यवस्था गरी हरेक दुई बर्षमा एनआरएनएको पुनः सदस्य बनिरहनुपर्ने झन्झटको अन्त्य गर्न ।
२. एनआरएनएन हेल्प लाइनको व्यवस्था गरी आपतकालिन तथा द्रुत सहायता संयन्त्र निर्माण गर्न ।
३. निःशुल्क कानूनी परामर्श सेवाको सुरुवात गर्न ।
४. विद्यार्थी, दक्ष कामदार (कुक, ट्रेनी भिसा तथा अन्य रोजागारमा संलग्न)  नेपालीहरुका लागि बृहत्तर सहयोगका निम्ति विशेष संयन्त्र निर्माण गर्न ।
५. आपतकालीन राहत कोषको निम्ति कोष बृद्धि समितिको स्थापना गर्न ।
६. एनआरएनए जापान युवा नेतृत्व पुरस्कारको सुरुवात गर्न ।
७. एनआरएनए जापान सम्मेलनको सुरुवात गर्न ।
८. जापानको केन्द्र तथा स्थानीय सरकारसंग सम्पर्क तथा समन्वय बढाउन राजदूतावास तथा अग्रज सामाजिक अभियान्तावीच विशेष संयन्त्रको स्थापना गर्न ।
९. नेपाल फेस्टिवल आयोजनाको प्रक्रियामा स्तरोन्नतिका साथै नेपालको पर्यटन तथा साँस्कृतिक प्रवर्धनका लागि स्वतन्त्र संयन्त्रको तयार गर्न ।
१०. जापानी तथा नेपाली व्यवसायीहरुको संयुक्त सम्मेलनको आयोजना गर्न ।
११. सीप, ज्ञान तथा आविष्कार सम्बन्धि विभिन्न क्षेत्रका बिशेषज्ञहरुको सहभागितामा स्वतन्त्र संयन्त्र निर्माण गर्न ।
१२. जापानमा रहेका नेपाली खेलाडीहरुको पहिचान गरी उनीहरुको सहभागिता तथा दक्षता अभिवृद्धिमा जोड दिन
१३. शिक्षा, स्वास्थ्य तथा सुरक्षा सम्बन्धि हरेक क्षेत्रमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न ।
१४. नेपाली राजदूतावास तथा स्थानीय संघसंस्थाहरुवीच समन्वयका लागि स्वतन्त्र संयन्त्र तयार गर्न ।
१५. एनआरएनए क्षेत्र र केन्द्रको समन्वयका लागि प्रविधिको भरपुर उपयोगमा जोड दिन ।
१६. नेपाल भ्रमण वर्ष -२०२० का लागि सहयोग तथा सुझाव समितिको स्थापना गर्न ।

तपाईको प्रतिक्रिया