काठमाडाैं – इन्डोनेसियाले आफ्नो नयाँ राजधानी चयन गरेको छ । जकार्ता तीन दशकमा पूर्ण रुपमा डुब्ने भएपछि इन्डोनेसियाले नयाँ राजधानी चयन गरेको हो ।
राष्ट्रपति जोको विडोडोले अब इन्डानेसियाको राजधानी पूर्वी कालिमन्तन राज्यको बोर्नियो टापु हुने बताउका छन् । गतवर्ष वैज्ञानिकहरुले सन् २०५० सम्म जाकार्ता डुबाना परिसक्ने चेतावनी दिएका थिए । हाल जकार्तामा एक करोडभन्दा बढी मानिसहरु बसोबास गर्दछन् । तर प्रत्येक वर्ष जकार्ता १० इन्चले भाँसिदै छ । यसकारण ३ दशकमा जकार्तामा समुद्रको पानी भरिने वैज्ञानिकहरुले बताएका छन् ।जकार्ता डुब्ने भएपछि इन्डोनेसियाले नयाँ राजधानीको रुपमा बोर्नियो टापुलाई छानेको हो । इन्डानेसिया सरकारका अनुसार बोर्नियो टापुलाई राजधानी बनाउन ४६६ खर्ब रुपया खर्च हुनेछ । जाकार्ताका ६० प्रतिशत मानिसहरु पाइपबाट जमीनको पानी तान्छन्। यसले जमीन तल भासिदै जाने खतरा भएको वैज्ञानिकको ठहर छ । बीबीसीका अनुसार गएको दशवर्षमा जाकार्ता २.५ मिटर तल भासिएको जनाइएको छ ।
किन र कसरी डुब्दैछ जकार्ता (भिडियो)