Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – वैज्ञानिकहरूले हालै गरेको एक अनुसन्धानले फूटबल हेर्नु स्वास्थ्यका लागि लाभदायक रहेको निष्कर्ष निकालेको छ ।

बेलायतको लीड्स विश्वविद्यालयका अनुसन्धाताहरूले शहरको फूटबल टीमका २५ प्रशंसकलाई तीनवटा च्याम्पियनशिप खेलका क्रममा विश्लेषण गरेका छन् ।

समर्थकहरूको मुटुको चाल लगभग ६४ प्रतिशतले बढेर १३० चाल प्रतिमिनेट पुगेको पाए । मुटुको सामान्य चाल ६० देखि १०० चाल प्रतिमिनेट हुन्छ ।

यो भनेको आधी घन्टासम्म छिटो गरी हिँड्दा हुने मुटुको चाल बराबर हो, वैज्ञानिकहरूको दाबी छ ।

आफ्नो क्लबले जित्दा प्रशंसकहरूको रक्तचाप पनि घट्ने गरेको र उनीहरूलाई मनोवैज्ञानिक सहायता पुग्ने गरेको देखियो ।

तर क्लबले हार्दा चाहिँ यसको ठीक विपरीत असर परेको अनि समर्थकहरूलाई आफ्नो साथी मरेको जस्तो अनुभव हुने देखियो ।

‘खेलप्रति समर्थकहरू अनुरक्त रहेको यसैबाट प्रस्ट हुन्छ किनकि खेलको अवधिमा उनीहरूको मुटुको चाल छिटो हिँड्दाखेरीको चालकै बराबर थियो,’ अनुसन्धानकी नेतृत्वकर्ता डा एन्ड्रीया अट्लीले बताइन् ।

‘दुवै टीमले गोल गर्दा मुटुको चाल हल्का बढ्ने देखियो । फूटबल खेलमा आफ्नो टीमलाई समर्थन गर्दा मुटुको व्यायाम हुन्छ र खेलको परिणामका आधारमा मनोवैज्ञानिक लाभ वा हानि दुवै हुन्छ ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया