Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – ते्रहौं दक्षिण एसियाली खेलकुद (साग) आगामी मंसिर तेस्रो साताबाट नेपालमा हुँदैछ । काठमाडौं र पोखराका विभिन्न पूर्वाधार स्तरोन्नति एकातिर छ भने घरेलु मैदानमा ऐतिहासिक नतिजा ल्याउने लक्ष्य अर्कोतिर छ । त्यहि लक्ष्यलाई मध्यनजर गर्दै समावेश गरिएका २७ खेलमध्ये क्रिकेट बाहेक अन्य खेलको बन्द प्रशिक्षण सुरु भइसकेको छ ।

त्यसका लागि आर्चरीले अहिले ३ स्थानमा प्रशिक्षण गरिरहेको छ । ४ जना खेलाडी वैदेशिक अभ्यासमा छन् भने ४ जना पोखरा, ४ जना काठमाडौं र बाँकी ४ जनालाई पनि पोखरा अभ्यासमा समावेश गरिनेछ ।

आर्चरी संघका अध्यक्ष तथा प्रशिक्षक दीपक गुरुङले ऐहितासिक नतिजाको लक्ष्यका साथ तयारी भइरहेको बताए । हाल प्रशिक्षणका लागि जापानमा रहेका उनले आर्चरीबाट पदक संख्या बढ्नेमा विस्वस्त रहेको सुनाए ।अहिले जापानी प्रशिक्षकको समेत रोहबरमा ज्ञानु अवाले, मित्र राई, तिलक पुन मगर र रोशन नगरकोटीले अभ्यास गरिरहेका छन् ।

उनका अनुसार जापानको विशेष प्रशिक्षणको व्यवस्था नेपाल ओलम्पिक कमिटीले मिलाइदिएको हो ।  प्रशिक्षक गुरुङका अनुसार इन्डोेनेसियामा सम्पन्न भएको १८ एसियाली खेलकुद (एसियाड) र नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका ४ खेलाडीलाई वैदेशिक अभ्यासको अवसर मिलेको हो ।

सेप्टेम्बर २ मा जापानको टोली फर्किएर सागसम्म पोखरामा अभ्यास गर्ने संघले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया