Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
ब्राजिल– नेपाल शान्ति तथा ऐक्यबद्धता परिषद्ले ब्राजिलका  सोकोरो गोमेचको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
राजधानीमा यही साउन ५ देखि ७ गतेसम्म भएको विश्व शान्ति सम्मेलनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । ब्राजिलको पूर्वमन्त्रीसमेत रहिसक्नुभएका उहाँ यसअघि पनि सो पदमा कार्यरत हुनुहन्थ्यो । परिषद्का महासचिवमा ग्रिसका थानासिस प्याफलिसलाई निर्वाचित हुनुभएको छ । उहाँ युरोपेली संसद्का  पूर्वसदस्य हुनुहन्छ ।
सम्मेलनले कार्यकारी सचिवमा ग्रिसका इराकलिस साभ्रादिसलाई निर्वाचित गरेको छ । नेपाल सो परिषद्को सचिवालय सदस्यमा निर्वाचित भएको सम्मेलनका संयोजक रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । एसियाबाट नेपाल, भारत र जापानको प्रतिनिधित्व रहनेछ । परिषद्को कार्यसमितिमा विभिन्न ४० देश रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष गोमेचले विश्व शान्ति स्थापनाका लागि आफू क्रियाशील रहने बताउनुभयो ।
तपाईको प्रतिक्रिया