Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – झापाको मेचीनगर नगरपालिका-६ बाट अन्दाजी ५ लाख मुल्य बराबरको अवैध औषधि वरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पौने ७ बजे भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ओरियन्स कम्पनीको नाम लेखिएका औषधि वरामद गरेको हो।

टोलीले ५ लाख मुल्य बराबरको विभिन्न किसिमका २ कार्टुन औषधि वरामद गरेको हो। वरामद भएको औषधि आवश्यक कारवाहीको लागि मंगलबार औषधि व्यवस्था विभाग बुुझाइने इलाका प्रहरी कार्यालय काकभिट्टाले जनाएको छ।

तपाईको प्रतिक्रिया