Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – जारी विश्वकप क्रिकेटमा भारतीय टिमका घाइते शिखर धवन विश्वकपबाट बाहिरिएका छन् । भारतीय क्रिकेट बोर्डले धवन अब विश्वकपको टिममा नरहने जानकारी दिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले धवनको सट्टामा विकेटकिपर ब्याट्सम्यान रिषव पन्तलाई समावेश गर्न आइसीसीलाई अनुरोध गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसअघि धवनको विकल्प नखोजिने बताइएको भएपनि उनी तत्काल ठीक नहुने देखिएपछि उनको विकल्पमा पन्तलाई टिममा समावेश गर्न लागिएको हो । पन्त यस अघिनै ब्याकअपको रुपमा भारतीय क्रिकेट बोर्डले पहिले नै इङल्याण्ड बोलाइ सकिएको छ ।

भारतीय टिमका ओपनर ब्याट्सम्यान शिखर धवनको हातको औला फ्र्याक्चार भएपछि खेल्न नसक्ने भएका हुन् । धवनले भारतको १६ जुनमा भएको पाकिस्तानविरुद्धको खेल गुमाएका थिए । अस्ट्रेलियाविरुद्धको खेलमा ब्याटिंग गर्दा उनको औला भाँचिएको थियो । यसपछि अस्ट्रेलियाविरुद्ध ११७ रनको शतकीय पारी खेलेका धवनको विश्वकप यात्रा टुंगिएको छ ।

भारतले अब अर्को खेल आगामी शनिबार २२ जुनमा अफगानिस्तानसँग खेल्दै छ । जारी विश्वकपमा भारतले अहिलेसम्म ४ खेलमा ३ खेलमा जित हासिल गरेको छ भने एक खेल न्युजील्याण्डसँगको खेल बर्षाले रद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया