Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – पेरिस सेन्ट जर्मन(पीएसजी)ले कीर्तिमानी मुल्यमा भित्र्याएका ब्राजिलियन स्टार नेमारलाई बेच्ने चाहना व्यक्त गरेको छ ।

नेमारलाई बार्सिलोनाबाट २२२ मिलियन यूरोमा अनुबन्ध गर्दै विश्वकै सबैभन्दा महँगो खेलाडी बनाएको पीएसजीले उनका लागि उपर्युक्त प्रस्ताव आए बेच्ने तयारी गरेको हो । उपर्युक्त प्रस्ताव आएमा पीएसजीले नेमारलाई यसै सिजनमा बेच्ने तयारी थालेको छ ।

पीएसजीले बेच्ने भएपछि नेमारमाथि बार्सिलोना र रियल मड्रिडले इच्छा देखाएका छन् । पीएसजीका अध्यक्ष नासिर अल खालिफीको अब आफू सेलिब्रेटी खेलाडीलाई नथुपार्ने भनाई बाहिर आएसँगै नेमारलाई बेच्न पीएसजी तयार भएको खबर बाहिर आएको हो ।

पछिल्लो पटक नेमारको प्रदर्शन अपेक्षा अनुरुप हुन नसकेछि खालिफीले भनेका छन्, ‘खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । उनीहरुलाई यहाँ अझै राम्रो गरुन भनेर ल्याइएको हो । उनीहरुलाई मनोरञ्जनका लागि ल्याइएको हैन् ।’ नेमारले २०१८-१९ को अधिकांश समय चोटका कारण मैदानबाहिर नै विताएका थिए । लिगका १७ खेल खेलेका नेमारले १५ गोलमात्रै गर्न सकेका थिए ।

तपाईको प्रतिक्रिया