Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि विश्वकप क्रिकेट २०१९ को भारतीय टोलीमा रिषभ पन्तले स्थान पाउने भएका छन् । यसअघि नै १५ सदस्यीय भारतीय टोलीमा रिषभ पन्त नपरेकोमा भारतीय टिमका चयनकर्ताको आलोचना भएको थियो ।

अस्ट्रेलियाविरुद्धको खेलमा सतक जोडेका भारतीय ओपनर शिखर धवन औला भाँचिएका कारण तीन साता क्रिकेट खेल्न नसक्ने भएका छन् । अस्ट्रेलियाविरुद्धको खेलकै दौरान ब्याटिङ गर्दा औला भाचिएपछि उनको साटो फिल्डिङका लागि रवीन्द्र जडेजा मैदानमा आएका थिए

अस्ट्रेलियाविरुद्धको खेलमा उनले १ सय ९ बलमा १ सय १७ रन जोडेका थिए । कम्तीमा तीन साता बाहिर बस्नुपर्ने भएपछि उनले पहिलो चरणका सबै खेल गुमाउने छन् । पहिलो चरणअन्तर्गत भारतले जुलाई २ मा बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । यस्तोमा भारत अघिल्लो चरणमा बढे र चोट निको भएमात्र उनी विश्वकपमा फर्किन पाउने छन् ।

तपाईको प्रतिक्रिया