Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – फ्रान्समा जारी महिला विश्वकपको समूह ‘ई’ को दोश्रो खेलमा न्युजिल्यान्डले नेदरल्यान्डको सामना गर्दैछ । विश्वकपमा पाँचौ पटक सहभागीता जनाएको न्युजिल्यान्डले हालसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

सन् १९९१ को पहिलो संस्करणमा सहभागी टोलीले १६ वर्षपछिको संस्करण (२००७) यता सबै प्रतियोगितामा ओसेनियाको प्रतिनिधिको रूपमा खेल्दै आएको छ । ४ संस्करणको १२ खेलमध्ये हालसम्म न्युजिल्यान्डले ३ खेल बराबरीमा सकेको छ । सन् १९९१ र २००७ को सबै खेल हारेको टोलीले २०११ मा मेक्सिकोसंग २–२ गोलको बराबरी खेलेको थियो ।

त्यसैगरी, २०१५ मा क्यानडासँग गोलरहित बराबरी र चीनसंग २–२ गोलको बराबरी खेलेको थियो । सोही संस्करणमा उसलाई नेदरल्यान्डले १–० ले हराउँदै नकाउट चरण पुग्ने बाटो खोलेको थियो । नेदरल्यान्डविरुद्धको दोश्रो भेटमा जित निकाल्दै सुखद् सुरुवात गर्ने न्युजिल्यान्डको लक्ष्य रहेको छ ।

यता, नेदरल्यान्ड युरो छनोटमा स्विजरल्यान्डलाई प्लेअफमा ४–१ गोल अन्तरले पछि पार्दै दोश्रो पटक विश्वकपमा स्थान बनाउन सफल भएको हो । यसअघि गत संस्करणमा क्यानडाविरुद्ध बराबरी र चीनसँगको पराजय बावजुद पनि चार उत्कृष्ट तेश्रो टोलीभित्र पर्दै नकाउट चरणमा प्रवेश गरेको थियो । जापानसँग पराजित भएपछि नेदरल्यान्ड अन्तिम १६ बाट बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया