Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा टस जितेर दक्षिण अफ्रिकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

साउथह्याम्पटनस्थित द रोजमा केहि बेरमा शुरु हुन लागेको खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध बलिङ गर्नेछ । विश्वकपमा पहिलो खेल खेल्न लागेको भारत दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगितामा राम्रो सुरुवात गर्ने योजनामा छ ।

आईसीसी एकदिवसिय वरियताको शीर्ष दोस्रो टोली भारतका युवा तथा अनुभवी खेलाडी सम्मिलित भारत पहिलो खेलमा उत्कृष्ट शुरुवात गर्ने लक्ष्यमा रहेको कप्तान विराट कोहलीले बताइसकेका छन् ।

उत्कृष्ट प्रदर्शन तर हारको बाबजुद दबाबमा रहेको दक्षिण अफ्रिका भारतलाई हराउँदै प्रतियोगितामा पुनरागमनको खोजिमा रहेको छ ।

तपाईको प्रतिक्रिया