Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडाैं – बलिउडकी बेबी डल सन्नी लियोन अभिनित नेपाली फिल्म ‘पासवर्ड’को रिलिज मिति सार्वजनिक गरिएको छ । सन्नीले फिल्मको एक गीतसँगै केही सिनमा पनि अभिनय गरेको चलचित्र ‘पासवर्ड’ भदौं २७ मा देशभर प्रदर्शन हुने भएको हो ।

सम्राट बस्नेतको डेब्यू निर्देशन रहेको पासवर्डको कथा, पटकथा तथा संवाद पनि निर्देशक स्वयमले नै तयार पारेका हुन् । फिल्मको बजेट धेरै भएका कारण पनि राम्रो प्रदर्शन मिति तय गरिएको निर्माण टिमको दाबी छ ।

फिल्ममा सन्नी लियोनसँगै विक्रम जोशी (विक्की), अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परि रानालगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णुदेभाले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया