Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – राष्ट्रिय क्रिक्रेट टिमको मुख्य प्रशिक्षकमा शुक्रबार उमेश पटवाल नियुक्त भएका छन् । उनी भारतका पूर्वक्रिक्रेटर हुन् ।

उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो । नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले आईसीसीले नै मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

उनको मासिक तलब पनि आईसीसीले नै व्यहोर्ने छ। उनले मासिक सात सय डलर तलब पाउने जनाएको छ । यस अघि उनी नेपाल राष्ट्रिय टोलीका ब्याटिङ प्रशिक्षक रहेका थिए । उनले एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको प्रशिक्षक भएर काम गरेका थिए ।

त्यस्तै, पटवाल अफगानिस्तानको पनि प्रशिक्षक भएका थिए । आजै राष्ट्रिय खेलकुद परिषद र पटठवालबीच सम्झौता हुने कार्यक्रम तय गरिएको छ ।

तपाईको प्रतिक्रिया