Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं –  ब्राजिलियन फुटबल संघ (सिबिएफ)ले कप्तान नेमारलाई पदबाट हटाएको छ । नेमारलाई हटाउँदै उनको ठाउँमा कोपा अमेरिकाका लागि डिफेन्डर डानी अल्भेजईलाई कप्तानमा ल्याइएको छ ।

ब्रजिलको घरेलु मैदानमा ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु हुन करिब दुई साताको समय बाँकी छ । सो खेलमा डानिएल अल्भेजले कतार र होण्डुरोसविरुद्धको मैत्रीपूर्ण खेल र कोपा अमेरिकामा ब्राजिलको कप्तानी गर्नेछन् ।

अल्भेजले पछिल्लो पटक सन् २०१८ मार्चमा जर्मनीविरुद्ध ब्राजिलको कप्तानी सम्हालेका थिए । रसियामा गत वर्ष भएको विश्वकपको केही महिनापछि प्रशिक्षक टिटेले नेमारलाई स्थायी कप्तान चयन गरेका थिए ।

कोपा अमेरिका २०१९ आगामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजलिमै आयोजना हुँदै छ। आठपटकको च्याम्पियन ब्राजिलले सन् २००७ यता उपाधि जित्न सकेको छैन ।

तपाईको प्रतिक्रिया