Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – बार्सिलोनाका  कप्तान तथा अर्जेन्टाइन स्ट्राकइर लिओनेल मेसीले करिअरको छैटौं युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपियन लिगहरुमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो पटक जितेका हुन् ।

मेसीले आफ्नो उत्कृष्ट लयलाई कायमै राख्दै यो सिजन स्पेनिस ला लिगाका ३४ खेलमा ३६ गोल गरेका थिए । उनले गोल्डेन बुट जित्ने क्रममा पेरिस सेन्ट जर्मेनका किलियन एमबाप्पेलाई उछिने । एम्बाप्पेले यो सिजन पिएसजीका लागि ३३ गोल गरेका थिए । पीएसजीले शुक्रबार राति सम्पन्न फ्रेन्च लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को नमिठो हार भोग्यो ।

पीएसजीले हार्दा एमबाप्पेले केबल १ मात्रै गोल गर्न सके । एम्बाप्पे चुकेपछि मेसीले उपाधि जिते । मेसीले लगातार तेस्रो पटक गोल्डेन बुट जित्दा स्पेनिस ला लिगाबाट विजेता घोषित भएको यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७-०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गरेर गोल्डेन बुट जितेका थिए । त्यसपछि स्पेनिस ला लिगाकै खेलाडीले यो उपाधि जितिरहेका छन् । मेसी यो उपाधि जित्ने दोस्रो धेरै उमेरका खेलाडी भएका छन् ।

मेसीले यो सिजन ३१ वर्ष, ११ महिना र २५ दिन हुँदा गोल्डेन बुट जितेका हुन् । सन् १९९० मा ह्युगो सान्चेजले मेसीभन्दा १ महिना १ दिन धेरै उमेरमा गोल्डेन बुट जितेका थिए । मेसीले गोल्डेन बुट जितेपछि प्रतिक्रिया दिँदै यो उपाधि भन्दा च्याम्पियन्स लिगमा लिभरपुलसँगको हारले आफूलाई पीडा दिइरेको बताएका छन् ।

‘मैले गोल्डेन बुटबारे केही सोचेको छैन’, उनले भने, ‘म अझै लिभरपुलसँगको हारबारे सोचिरहेको छु, आफ्नोबारे सोचिरहेको छैन ।’ मेसीले यही शनिबार साँझ स्पेनिस कोपा डेल रे को फाइनल खेल खेल्दैछन् । उनले यो फाइनल खेल जित्न नसके बार्सिलोनाको अवस्था अहिले भन्दा खराब हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया