Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट अब केहिदिनमा शुरु हुदै छ । इङल्याण्ड र वेल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपको यो १२औ संस्करण हो । आगामी मे ३० देखि जुलाई १४ सम्म हुने यस विश्वकपमा १० टिमले भाग लिदै छन् ।

जसमा इङल्याण्ड आयोजकको हैसियतमा विश्वकप खेल्दै छ भने अन्य सात देश अस्ट्रेलिया, बंगलादेश, भारत, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सन् २०१७ सेम्टेम्बर ३० सम्म आइसीसीको उत्कृष्ट ८ वरियतामा परेका कारण विश्वकपमा सिधै छनौट भएका हुन् । त्यस्तै अफगानिस्तान र वेस्टइन्डिज भने सन् २०१८ को मार्चमा जिम्बाबेमा भएको क्रिकेट विश्वकप क्वालिफायरमा पहिलो र दोस्रो भएर छनौट भएका हुन् ।

यस विश्वकपमा आइसीसीले यसअघि सन् १९९२ मा खेलाइएको फर्म्याटमा विश्वकप खेलाउने भएको छ । यस पटक सबै टिमलाई एकै समुहमा राखिएको छ भने सबै टिमले एकअर्काविरुद्ध एकएक पटक खेलेपछि शिर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । यसरी मे ३० देखि जुलाई ६ सम्म लिग खेल हुने छन् भने अंक तालिकामा शिर्ष स्थानमा रहेको र चौथो स्थानमा रहेको देशबीच जुलाई ९ मा पहिलो सेमिफाइनल खेल हुने छ भने जुलाई ११ मा दोस्रो र तेस्रो स्थानमा रहेको देशबीच दोस्रो सेमिफाइनल खेल हुने छ ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा हुने छ । क्रिकेट विश्वकपमा अहिलेसम्मका एघार संस्करणसम्म आउदा अस्ट्रेलियाले धेरै पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ गरी कुल ५ पटक विश्वकप जितेको छ । त्यस्तै भारत र वेस्टइन्डिजले २-२ पटक विश्वकप जितेका छन् । भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो भने वेस्टइन्डिजले सन् १९७५ र १९७९ मा विश्वकप जितेको थियो ।

त्यस्तै पाकिस्तानले सन् १९९२ र श्रीलंकाले सन् १९९६ मा गरी एक एक पटक विश्वकप जितेका छन् । क्रिकेटको जननी मानिने इङल्याण्डले भने अहिलेसम्म विश्वकप जित्न सकेको छैन । इङल्याण्ड सन् १९७९, १९८७ र १९९२ मा उपविजेता बनेको थियो । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई सबै भन्दा अभागी टिमको रुपमा लिइन्छ । दक्षिण अफ्रिका अहिलेसम्म ४ पटक विश्वकपको सेमी फाइनलमा पुगेर पनि फाइनलमा पुग्न असफल भएको छ । दक्षिण अफ्रिका सन् १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलसम्म पुगेको थियो ।

त्यस्तै न्युजील्याण्ड एक पटक गत विश्वकपमा फाइनलमा पुगेर अस्ट्रेलियासँग पराजित भएको थियो । विश्वकपको इतिहासमा पहिलो पटक केन्याले सबैलाई आश्चर्यमा पार्दै सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै अहिलेसम्म जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, क्यानाडा, नेदरल्याण्ड, स्कटल्याण्ड, युएई, अमेरिका, अफगानिस्तान, बर्मुडा, इस्ट अफ्रीका र नामिबिया विश्वकप खेलिसकेका छन् ।

तपाईको प्रतिक्रिया