Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – विश्व र्चीत खेलाडी लियोनल मेस्सीको नेतृत्वमा कोपा अमेरिका खेल्ने अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

कोपा अमेरिकाका लागि अर्जेन्टिनाले २३ सदस्यीय टोली घोषणा गर्दा स्टार खेलाडीहरुलाई टिममा स्थान दिएको छ । जसमा कप्तान मेस्सीसहित इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटीका सर्जियो अग्युरो र युभेन्टसका स्टार खेलाडी पाउल डिबेला फरवार्डमा रहेका छन् ।

स्टार खेलाडीसहितको टोली घोषणा हुँदा अर्जेन्टिनाको टोली निकै बलियो देखिएको छ । यस्तै, अग्युरो विश्वकप २०१८ पछि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्दैछन् ।

अर्जेन्टिनी टोली : गोलकिपरः फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा, अगस्टिन मारचसिन डिफेन्डरः जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना, मिल्टन कस्को ।

मिडफिल्डरः लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो सेल्सो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल, एन्जल डि मारिया । फरवार्डः लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज ।

तपाईको प्रतिक्रिया