Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – चौथो संस्करणको आरबीबी-एनभीए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता पुस पहिलो साता पोखरामा हुने भएको छ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा पहिलो पटक क्लब लिग भलिबल राजधानी बाहिर हुन लागेको हो ।

पुस १ गतेबाट ७ गतेसम्म पोखरा रंगशालमा प्रतियोगिता आयोजना हुने एनभीएले जनाएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल साग गेम्सको लागि पूनर्निर्माण भइरहेको र केही समयको लागि खेल गर्न बन्द गरेकोले प्रतियोगिता पोखरामा गर्न लागेको एनभीएका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

२०७४ फागुन १३ देखि १९ गतेसम्म काठमाडौँमा भएको क्लब च्याम्पियनसिपमा सहभागिता जनाएका १२ मध्ये उत्कृष्ट आठमा रहेका ८ टोलीले पोखरामा हुने लिगमा प्रतिस्पर्धा गर्नेछन् । जसमा तीन विभागीय टोली नेपाल एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित हेल्प नेपाल स्पोर्ट्स क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावालाखेल भलिबल ट्रेनिङ सेन्टर, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र नयाँबजार युथ क्लब छन् । सहभागि टिमले ३ विदेशी खेलाडी राख्न पाउने समेत एनभीएले जनाएको छ ।

एनभीए महिला राष्ट्रिय लिग गत जेठमा सम्पन्न भएको थियो तर पुरुष टोली १८औँ एसियन गेम्सका लागि तयारीमा व्यस्त रहेकोले पुरुषको प्रतियोगिता भएको थिएन । सात दिनसम्म हुने प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ। लिगमा पहिलो हुनेलाई विजेता बनाउने वा शीर्ष दुई स्थानमा रहनेलाई फाइनल खेलाउने भन्ने विषयमा टेक्निकल मिटिङपछि टुङ्गो लाग्ने एनभीए महासचिव चन्दले बताए । प्रतियोगिताको विजेताले नगद २ लाख हात पार्नेछन्। यस्तै दोस्रो हुनेले १ लाख, तेस्रोले ५० हजार र चौथोले २५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट हुने खेलाडीले दनगद २५ हजार र विधाषततर्फ उत्कृग्ट हुनेले ५-५ हजार हात पार्नेछन् । प्रतियोगिताको लागि कूल २१ लाख खर्च हुने एनभीएले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणीज्य बैँक (आरबीबी) रहेको छ। यसै प्रतियोगितापछि एनभीए र आरबीबीबीचको दुई वर्षको सम्झौता सकिनेछ । आगामी दिनमा पनि एनभीए र आरबीबीबीच निरन्तर सहकार्य हुने र सम्झौता नविकरणका लागि दुवै पक्ष तयार रहेको एनभीएमा महासचिव चन्दले जानकारी दिए ।

यसैगरी अर्को वर्ष नेपालमै आयोजना हुने पाँचौ संस्करणको एभिसी मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि आरबीबीसँग सहकार्य गर्नेबारे छलफल भइरहेको चन्दले बताए ।

तपाईको प्रतिक्रिया