Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – पहिलो पटक भएको एसिया कप ह्वील चियर क्रिकेट प्रतियोगितामा नेपाली टोली भारतीय टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य भारतले १५ ओभरमा ४ विकेट गुमाएर १सय ४२ रन बनाउँदै पुरा गर्यो ।
भारतका लागि गौरवले अर्धशतक पुरा गरे । उनले ५० रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालका लागि डिग्माले सर्वाधिक ६५ रन बनाएका थिए ।

तपाईको प्रतिक्रिया