Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – लन्डनमा आयोजित एउटा व्यावसायिक कुस्ती खेलमा सहभागी एक खेलाडीको भिडन्त गर्दागर्दै मृत्यु भएको छ । सिल्भर किङ उपनामले परिचित सेसर बारोन आफ्नो देश मेक्सिकोमा चर्चित कुस्तीबाज थिए ।

उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिनय गरेका थिए । उनी ५१ वर्षका थिए । क्याम्डनस्थित राउन्डहाउसमा कुस्ती खेल्दाखेल्दा उनी ढलेका थिए । अर्का कुस्तीबाजले बारोनलाई ‘महान् प्रतिद्वन्द्वी’ भन्दै प्रशंसा गरेका छन् । एल इखो डेल सान्टोले भने, ‘उनी आफूले इच्छा गरेअनुसार नै गए: भिडन्त गर्दागर्दै!’ होर्खे रोड्रिगेज भनेर पनि चिनिने एल इखो डेल सान्टोले ट्वीट गर्दै आफ्ना प्रतिद्वन्द्वीको मृत्युमा दु:ख प्रकट प्रकट गरेका छन् ।

शनिवार ग्रेटेस्ट शो अफ लुचा लिब्रमा अचेत भएर बारोन ढल्दा भिडन्त बीचतिर पुगेको थियो । मेक्सिकोका सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको हुन सक्ने जनाएका छन् । अनलाइन माध्यमहरूमा प्रेषित दृश्यमा खेलका निर्णायक र अरू मानिसहरू ढलेका बारोनलाई सहायता गर्न लम्किएको देखिन्छ । त्यहाँ एउटा ‘घटना’ भएको आयोजनास्थलले पुष्टि गरेको छ तर त्यसबारे उसले थप टिप्पणी गर्न चाहेन ।

तपाईको प्रतिक्रिया