Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने  स्वदेश फर्किएका छन् ।

भारतमा जारी १२ औं संस्करणको आइपिएल खेलेर सन्दीप आइतबार अपरान्ह ४ :३० बजे स्वदेश फर्किएका हुन् । २ : ४५ बजे अवतरण गर्ने बताइए पनि मौसम प्रतिकूलले अवतरण ढिला भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका शुभचिन्तकले स्वागत गरेका थिए । आइपिएलमा सन्दीपले  दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर, उनको टिम दिल्ली दोस्रो क्वालिफायरमा चेन्नइ सुपर किङसँग पराजित भयो । दिल्ली फाइनल पुग्न असफल भएपछि सन्दीप स्वदेश फर्किएका हुन् ।

विमानस्थलमा सञ्चारक्मीसँग कुरा गर्दै सन्दीपले यही जेठ १ गतेबाट सुरु हुने प्रधानमन्त्री कप(पीएम) क्रिकेट प्रतियोगिता नखेल्ने जनाएका छन् । एक दिवसीय प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टोलीले सहभागिता जनाउँदैछन् ।

सम्पूर्ण राष्ट्रिय टोलीका खेलाडीहरुले सहभागिता जनाउँने प्रतियोगिताका दौरान आफू भने परिवारसँग समय विताउँने उनले बताए । लगातारको क्रिकेट प्रतियोगिताले शरिरलाई आराम दिनु पर्ने भएकाले अहिलेको प्रतियोगिता खेल्ने योजनामा नरहेको उनले बताएका हुन् ।

‘पीएम कपको समय परिवारसँग बिताउने योजना छ । परिवारलाई समय दिन्छु,’ विमानस्थलमा सन्दीपले भने । सन्दीपले यस सिजनको आइपीएल तुलनात्मक रुपमा राम्रो भएको बताए ।

तपाईको प्रतिक्रिया