Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – उपत्यकामा हाल सञ्चालन भइरहेभन्दा नयाँ र थप सुविधासहितको आइप्लेक्स मल खुल्ने भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा विभिन्न प्रकारका सामानहरु खरिदबिक्री सुविधासहितको आइप्लेक्स मल १ महिनाभित्रै सञ्चालनमा आउनलागेको हो ।

मलमा हाल काठमाडाैंमा सञ्चालन भइरहेका मलहरुको तुलनामा अझ थप सुविधा तथा पूर्वाधारसहित ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरुको फुडकोर्ट लगायतका सुविधासम्पन्न मल सञ्चालनमा ल्याउनलागेको मलका प्रमुख कार्यकारी अधिकृत गणेश ढुंगानाले जानकारी दिए । उनका अनुसार मलमा युवा, जवानलाई मनोरञ्जन प्रदान गर्ने ईभेन्टजोन, कफी बारसहितको सुविधाहरु हुनेछन् ।

विशेषगरी काठमाडाैंवासीहरुको रहनसहनमा आउन थालेको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता व्यापारिक मलहरु सञ्चालनको क्रम दिन प्रतिदिन बढिरहेका छन् । मनोरञ्जन, खानादेखि देैनिक आवश्यकताका सामग्री सजिलै किनमेल गर्न सकिने भएकाले मानिसहरुको मलप्रतिको आकर्षण सहरमा बढ्दो क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया