Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले पुरुष क्रिकेट विश्वकप लिग २ को खेल तालिका सार्वजनीक गरेको छ । करिब साँढे दुई बर्ष सञ्चालन हुने प्रतियोगिता आगामी अगष्ट देखि सन् २०२२ को जनावरी सम्म चल्ने छ ।

लिगमा नेपाल सहित नामिबिया, ओमान, पीएनजी, स्कटल्याण्ड, युएई र युएसए रहेका छन् । होम एण्ड अवे आधारमा खेलाइने लिगमा ७ राष्ट्रले १ सय २६ एकदिवसीय खेल खेल्ने छन् । लिग त्रिदेशीय सिरिजमा संचालन हुनेछ । तीन राष्ट्रले एक पटक कुनै एक राष्ट्रको घरेलु मैदानमा खेल्नेछ ।

लिग अन्तर्गत नेपालको खेल भने अर्को बर्ष फेब्रुअरी ५ देखि १२ सम्म सञ्चालन हुनेछ । नेपालले युएसए र ओमानलाइ कीर्तिपुर मैदानमा आतिथ्यता प्रदान गर्नेछ । नेपालले एक दिवसीय सिरिज आयोजना गर्न लागेको पहिलो पटक हो ।

यस्तै नेपाल सन् २०२० को अप्रिलमा नामिबिया भ्रमणमा निस्कने छ । सो सिरिजमा नामिबिया, नेपाल र स्कटल्याण्डले त्रिदेशीय सिरिज खेल्ने छन् । लगत्तै, नेपाल जुनमा युएसए र पीएनजीबिरुद्दको सिरिज खेल्न पीएनजी प्रस्थान गर्नेछ । आईसीसीले खेल तालिका सार्वजनिक गरेपनि सबै खेलको खेल स्थान टुङ्गो लगाएको छैन ।

तपाईको प्रतिक्रिया