Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – भारतीय महिला लिगको डेब्यु खेलमै नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ले ह्याट्रिक गरेकी छिन् ।

सावित्रा सम्मिलित सेथु फुटबल क्लबले लिगको पहिलो खेलमा मनिपुर पुलिस स्पोर्टस् क्लबविरूद्व सोमबार भएको खेलको पहिलो हाफभित्रै सावित्राले ह्याट्रिकसहित ४ गोल गर्दै आफ्नो बहादुरी देखाएकी हुन् । खेल सुरु भएको पहिलो मिनेटमै गोलको खाता खोलेकी साम्बाले १५ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् ।

यस्तै खेलको ३४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै साम्बाले व्यक्तिगत चौथो गोल गरिन् । यसअघि सावित्रा र अनिताले माल्दिभ्समा फुटसल खेलेका थिए । तर यसरी बाहिरी क्लबबाट व्यवसायिक फुटबल खेल्न लागेको पहिलोपटक हो ।

२०१६ बाट सुरू भएको यो लिग भारतको राष्ट्रिय लिग हो । यो लिग एक महिनासम्म चल्नेछ । लिगमा १४ टोलीको सहभागिता रहनेछ । नेपालकी अर्की खेलाडी अनिता बस्नेत भने वैकल्पिक खेलाडीका रूपमा छिन् ।

तपाईको प्रतिक्रिया