Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले इमर्जिङ प्लेयर्सको अवार्डबाट २ जना सम्मानित भएका छन् । महिलातर्फ मन्जली कुमारी योन्जन र पुरुषतर्फ अभिषेक रिजाल इमर्जिङ प्लेयर्सको अवार्डबाट सम्मानित भएका हुन् ।

मन्जलीले विराटनगरमा सम्पन्न साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदशन गरेकी थिइन् । रिजालले केही समय अगाडि भारतको गुवाहाटीमा सम्पन्न डाक्टर टि आओ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए । एन्फाले पहिलो पटक मनाएको ‘एन्फा डे’को अवसरमा २ खेलाडी इमर्जिङ प्लेयर्सको उपाधिबाट सम्मानित भएका हुन् ।

गत वर्ष निर्वाचित भएको नयाँ कार्यसमितिले बैशाख २२ लाई एन्फा डे का रुपमा मनाउने निर्णय गरेको थियो । एन्फाले आफ्नो स्थापना दिवसका अवसर विभिन्न ११ वटा विधामा फुटबलर तथा फुटबलकर्मीलाई सम्मान गर्दै छ ।

दिवसका अवसरमा एन्फाले पुरुष र महिला विधामा विशेष योगदान खेलाडी अवार्ड, बर्ष उत्कृष्ट प्रशिक्षक, बर्ष उत्कृष्ट जिल्ला, बर्ष उत्कृट फुटबल क्लब, अन्तराष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडी, महिला र पुरुषको उदयमान खेलाडी, महिला र पुरुषको बर्ष उत्कृष्ट रेफ्री तथा लाईभ टाईम एच्युभमेन्ट अवार्ड प्रदान गर्दै छ ।

तपाईको प्रतिक्रिया