Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

पेरिस – फ़्रान्समा नेपाल प्रबर्द्धन गर्ने कार्यहरुलाई जारी राख्दै पेरिसस्थित नेपाली राजदूतावासले गत शुक्रवार, १३ जुलाई २०१२ का दिन एक रमाईलो कार्यक्रमको आयोजना गरयो । सो अवसरमा पेरिस स्थित फ़्रेन्च परराष्ट्र मन्त्रालयका प्रतिनिधि, विदेशी राजदूत तथा अन्य कूटनीतिज्ञहरु, युनेस्को विश्व सम्पदा कार्यालयका उच्च अधिकृतहरु, रुवां स्थित अवैतनिक नेपाली वाणिज्यदूत, प्रोफेसरहरु, डाक्टरहरु, फ़्रेन्च एनजिओका प्रेसिडेन्टहरु, व्यापारीवर्ग, ट्राभल एजेन्सी, मेयर अफिसका अधिकृतहरु, नेपाल सांस्कृतिक गृहका प्रेसिडेन्ट, पेरिस स्थित नेपाली समुदाय तथा अन्य विशिष्ट पाहुनाहरुको उपस्थिती थियो ।

सो अवसरमा फ़्रेन्च भाषामा आफ्नो स्वागत मन्तव्य दिनुहुंदै फ़्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले नेपालको विभिन्न उत्कृष्ट पक्षहरुको जानकारी प्रदान गर्नुको अलावा भगवान बुद्धको शिक्षाको बारेमा पनि प्रकाश पार्नुभएको थियो । नेपाल वैदेशिक लगानीको लागि एक राम्रो मुलुक भएकोले लगानीकर्ताहरुको लागि नेपालमा लगानी गर्न राम्रो अवसर भएकोले उपस्थित सबैको ध्यानाकर्षण गर्नुभै नेपालको भ्रमणमा जान आग्रह गर्नुभएको थियो । उहाँले फ़्रान्समा नेपाल तथा नेपालीलाई माया गर्ने प्रशस्त व्यक्तिहरु भएकोले खुशी प्रकट गर्नुभएको थियो ।

सोही बिहान पेरिस आइपुगेका सुरसुधा सांगीतिक समूहले छोटो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेकोमा आगन्तुक पाहुनाहरु अति खुशी भै सुनेका थिए ।

पाहुनाहरुलाई नेपाली खाना पस्किएकोमा सबैले मीठो मानी ग्रहण गरेका थिए । साथै पाहुनाहरुलाई नेपाल पर्यटन केन्द्रबाट तयार पारिएको सीडी तथा राजदूतावासबाट बिभिन्न खबरहरु समेटी तयार पारिएको फ़्रेन्च भाषामा प्रकाशित सानो पुस्तिका पनि वितरण गरिएको थियो ।

फ़्रान्समा नेपाल प्रबर्द्धनका लागि राजदूतावासबाट हुंदै आएका प्रयासलाई सबैले सह्राहना गरेका थिए । ***

 

 

तपाईको प्रतिक्रिया