Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – आइसीसीले टी-२० क्रिकेटमा नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ टी-२० वरियतामा नेपाल २१२ अंकसहित ११औ स्थानमा रहेको छ ।

नेपाल टेस्ट खेल्ने देश बंगालदेशपछि ११औँ नम्बरमा रहेको छ । नेपाल यसअघि १४औ स्थानमा थिए भने तीन स्थानको सुधार गर्दै ११औ स्थानमा उक्लिएको हो । नेपालले पछिल्लो पटक युएईविरुद्ध खेलेको ३ खेलको टी-२० सिरिज २-१ ले जितेको थियो ।

आइसीसीले टी-२० क्रिकेट खेल्ने विश्वका ८० देशको वरियता आज सार्वजनिक गरेको हो । नयाँ वरियतामा २८६ अंकसहित पाकिस्तान शिर्ष स्थानमा छ भने २६२ अंकसहित दक्षिण अफ्रीका दोस्रो स्थानमा रहेको छ । त्यस्तै इङल्याण्ड २६१ अंकसहित तेस्रो, अस्ट्रेलिया २६१ स्थानसहित चौथो, भारत २६० अंकसहित पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै न्यूजील्याण्ड २५४ अंकसहित छैठौ, अफगानिस्तान २४१ अंकअहित सातौ, श्रीलंका २२७ अंकसहित आठौं, वेस्टइन्डिज २२६ अंकसहित नवौ तथा बंगलादेश २२० अंकसहित दशौ स्थानमा रहेको छ ।

नेपाल पछि १२औ स्थानमा स्कटल्याण्ड, जिम्बाबे १३औ स्थानमा र नेदरल्याण्डस १४औ स्थानमा रहेको छ । त्यस्तै आयरल्याण्ड १५औ र युएई १६औ स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया