Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – एसिसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि थाइल्याण्डमा रहेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । नेपालले आइतबार थाइल्यान्डमा भएको फाइनलमा मलेसियलाई ५९ रनले पराजित गरेर उपाधि रक्षा गरेको थियो ।

विमानस्थलमा पत्रकारसँग बोल्दै कप्तान विक्रम केसीले टुर्नामेण्टमा आफूहरूलाई क्रिकेटसम्बन्धी धेरै सिक्न पाएको बताए । नयाँ खेलाडीहरूले विभिन्न देशका खेलाडीसँग खेल्दा आफ्नो गुणस्तरको मापन गर्न पाएको समेत उनको भनाई थियो । यस्ता टुर्नामेण्टले खेलाडीको आत्मविश्वास विकासमा ठूलो भूमिका खेल्ने बताए । फाइनलमा नेपालले  मलेसियालाई हराएर उपाधि कब्जा गरेको थियो ।

जारी क्रिकेटमा नेपालले हरेक खेलमा सजिलै जित हासिल गरिरहेको थियो । बलिया टोलीसँग खेल्न पाएदेखि आफ्नो खेलमा अझ सुधार आउन सक्थ्यो होला भन्ने लागेन? पत्रकारको जिज्ञाषामा कप्तान केसीले कुनै पनि खेलमा विपक्षलाई कमजोर सोच्न नहुने बताए । ‘हरेक खेलाडीले बलिङ, ब्याटिङ र फिल्डिङमा आफूले सक्ने मिहिनेत गरेकोले हरेक खेलहरू सजिलै जिते जस्तो मात्र देखिएको हो’ उनले भने ।

थाइल्याण्डमा २० अप्रिलबाट सुरू भएको एसिसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेटका लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोली रहेको थियो । टोलीमा कप्तान विशालसँगै आसिस भट्राई, प्रशान्त महत, आर्जु कुमाल, दीपक बोहरा, सुवास ऐर, निखिल कुमार सिहं, विशाल कुमार पटेल, कृश कार्की, तिलक राज भट्टराई, रोहन विक, प्रशान्त सिंह र सुशान्त थापा रहेका थिए ।

तपाईको प्रतिक्रिया