Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत अहिले दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दै छ ।

दिल्लीको घरेलु मैदान कोटलामा हुने यो खेल नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने दिल्लीको प्लेइङ एघारमा परेका छन् । अघिल्लो खेलमा किंग्स इलेभेन पंजावविरुद्ध ३ विकेट लिएका सन्दीप राजस्थानविरुद्ध प्लेइङ एघारमा परेका छन् । सन्दीपले यसअघि यस सिजनमा आइपिएलमा ५ खेलमा ८ विकेट लिएका छन् ।

सन्दीप पछिल्लो खेलमा राजस्थानविरुद्ध प्लेइङ ११ मा परेका थिएनन् । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध दिल्लीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।  यस सिजनमा दिल्ली ११ खेलमा ७ खेलमा जित र ४ खेलमा हारको सामना गर्दै अंक तालिकामा १४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । दिल्ली प्लेअफमा पुग्न कम्तिमा एक खेलबाट टाढा रहेको छ ।

त्यस्तै बैंगलोरले भने यस सिजनमा अहिलेसम्म ११ खेलमा केवल ४  खेलमा मात्र जित हासिल गरेको छ । दिल्लीले आजको खेलमा क्रिस मोरिसको ठाउमा सन्दीप आएका छन् ।

दिल्लीको प्लेइङ ११ : श्रेयस अयर (कप्तान), शिखर धवन, पृथ्वी शा,  रिसभ पन्त,  कोलिन इन्ग्राम,  अक्सर पटेल, इशान्त शर्मा, शेर्फान रुथरफोर्ड, कागीसो राबडा, सन्दीप लामिछाने र अमित मिश्रा ।

तपाईको प्रतिक्रिया