Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – नेपाल एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । थाईल्यान्डमा जारी प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको हो ।

नेपालले दिएको १ सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३५ ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद हाजिक ऐमानले सर्वाधिक १८ रन बनाउँदा ओपनर वान मोहम्मद अजामले १६ रनको योगदान दिए । जिनेद्र मुरलीले १४ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशाल कुमार पटेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १८ रन खर्चिए । यस्तै दीपक बोहोराले ३ विकेट लिए । समान ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १६ रन खर्चिए । ६ ओभरमा एक मेडन राखेका निखिल कुमार सिंहले १ मेडन राख्दै ६ रन खर्चिएर १ विकेट हात पारे । यस्तै क्रिश कार्कीले १ रन खर्चिएर १ विकेट लिए ।

यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए। उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७, रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए ।

यस्तै कृष कार्की ९, निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे । मलेसियाका लागि सचिनु हेतेगेले ३,जिनेन्द्र मुरली २,अहमद अकमल अलिफ,सिद्धार्थ कार्तिक,मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट लिए थिए ।

तपाईको प्रतिक्रिया