Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – अस्ट्रेलियाकी क्लेयर पोलोसक कहिल्लै क्रिकेट खेलिनन् । कैयौ पटक एम्पायरको परीक्षामा फेल भएकी पोलोसक अब पुरुष क्रिकेटको एम्पायरिङ गरेर विश्व क्रिकेटमा इतिहास बनाएकी छन् ।

क्लेयरले शनिबार वर्ल्ड क्रिकेट लिगको डिभिजन २ को नामिबिया र ओमानबीचको खेलको एम्पायरिङ गरेकी छन् । यसका साथै पुरुष क्रिकेटमा एम्पायरिङ गर्ने महिला महिला एम्पायर बनेकी छन् । यस अघि पोलोसकले अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगितामा एडिलेड स्ट्राइकर्स र मेलबर्न स्टार्सबीचको खेलको पल विल्सनसँग एम्पायरिङ गरिसकेकी छन् । २०१८ मा इङल्याण्डमा भएको आइसीसी टी-२० महिला विश्वकपको सेमिफाइनल र १५ भन्दाबढी महिला क्रिकेटमा एम्पायरिङ गरिसकेकी छन् ।

३१ बर्षिय पोलोसक भन्छिन्, ‘मैले कहिल्लै क्रिकेट खेलिन, जबकी कियौका लागि यो निकै रमाइलो हुन सक्छ । मैले क्रिकेट सधै फलो गरेकी छु । मेरा पिताले मलाई एम्पायर बन्न प्रेरित गरेका हुन् । म परीक्षामा कैयौं पटक फेल भए तर एम्पायर बन्न चाहन्थे र यसको लागि कडा मिहिनेत गरे । पोलोसक पछिल्लो दुई बर्षदेखि क्रिकेट अस्ट्रेलियाको डेभलवमेन्ट एम्पायर प्यानलमा रहेकी छन् र पुरुष क्रिकेटमा यसअघि नै तेस्रो एम्पायरको भूमिका निभाई सकेकी छन् । यस पटक उनलाई प्रमुख एम्पायर बनाइएको छ ।

तपाईको प्रतिक्रिया