Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – च्याम्पिन्स लिगकाे क्वार्टरफाइनलबाट बाहिरिएपछि सबैभन्दा धेरै दबाब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेमाथि परेकाे छ । ९९ मिलियन पाउण्डमा रियलबाट युभेन्टस गएका राेनाल्डाेले क्लबलाई सेमिफाइनलमा पुर्‍याउन नसकेकाे भन्दै उनकाे आलाेचना भैरहेकाे छ ।

इटालियन सञ्चार माध्यममा पनि उनीमाथि उनकाे खेललाई लिएर बहस हुन थालेकाे छ।  इटालियन एक पत्रिकाले राेनाल्डाेले चाँडै क्लब छाेड्ने बताएकाे छ । इटालियन पत्रिका ला रिपब्लिकाले रोनाल्डो अर्को सिजन अगाडि नै क्लब छाेड्ने सक्ने बताएकाे छ । उनकाे सम्झाैता क्लबमा २०२२ सम्मका लागि रहे पनि उनले त्याे सम्झाैता अगाडि नै छाेड्ने त्याे पत्रिकाकाे दाबी छ । युभेन्टसले पनि राेनाल्डाेलाई च्याम्पियन्स लिगकाे उपाधि जित्ने लक्ष्यसहित क्लबमा अनुबन्ध गरेकाे बताउदै पत्रिकाले अब क्लबले उनकै लेभलकाे खेलाडी खाेज्ने तयारी गरेकाे समेत बताएकाे छ ।

पत्रिकाले राेनाल्डाे आफै पनि युभेन्टसमा बस्न इच्छुक नभएकाे बताएकाे छ । पाँच पटकका बलाेन डी ओर अवार्ड विजेता राेनाल्डाेले रियल मड्रिडलाई च्याम्पियन्स लिगकाे उपाधि चार पटक दिलाएका थिए । याे सिजनमा पनि उनले युभेन्टसका लागि महत्वपूर्ण खेलमा गाेल गरेका थिए । तर आयाक्ससँग क्वाटरफाइनलमा ३-२ ले हारेपछि टिम बाहिरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया