Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – गल्कोट स्पोर्टस क्लब टोकियोले आयोजना गरेको पाँचौ मैत्रीपूर्ण रनिङ सिल्वर कप प्रतियोगिता सम्पन्न भएको छ । नेपाली नयाँ वर्ष २०७६ तथा क्लबको बार्षिकोत्सवको अवसरमा साईतामाको टोडा स्पोर्टस सेन्टरमा आयोजित पाँचौ मैत्रीपूर्ण रनिङ सिल्वर कप भव्यरुपमा सम्पन्न भएको हो ।

हरेक वर्ष खेलसँग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आएको क्लबले यसवर्ष पनि प्रतियोगिताको आम्दानीबाट धुर्मुस सुन्तली फाउण्डेशनद्वारा भरतपुरको चितवनमा निर्माणाधीन गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेको छ ।

गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीको मुख्य आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा मेघ केसी, चन्द्रबहादुर खत्री, गिरीप्रसाद शेरचन अमेरिकाबाट आउनुभएका वरिष्ठ गीतकार कृष्ण केसी, श्री गुरुङ, जिल्ला भलिबल संघ बाग्लुङका कोषाध्यक्ष गोर्खबहादुर भण्डारी तथा नरबहादुर थापा, डिपि कँडेल, कालिका थापा, बेलुकाजी थापालगायत विशिष्ट व्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो । गल्कोट समाज जापानको मुख्य प्रायोजन, ईसुमेघ टुर्स एण्ड ट्राभल्स र आर.आर टुर्स एण्ड ट्राभल्सको विशेष सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा आयोजक गल्कोट स्पोर्टस क्लब टोकियोसहित गल्कोट समाज जापान केन्द्रिय समिती, गल्कोट समाज क्षेत्रीय समिति नागोया, गल्कोट समाज क्षेत्रीय समिति टोकियो, मोना जापान, घुम्टे युवा परिवार जापान, सनसाईन युथ क्लब जापान, ग्रुप अफ जापान, युनाइटेड युथ फेमिली जापान र बोहोराफाँट समाज जापान गरी १० टिमले सहभागीता जनाएको थिए । प्रतियोगितामा विजेता बन्दै गल्कोट समाज जापानले ३० मान येनसहित चाँदीको कप, प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो । उक्त चाँदीको कप दीपिका ईण्टरनेशनल जापानले प्रायोजन गरेको हो ।

त्यस्तै उपविजेता बनेको ग्रुप अफ जापानले २० मान येनसहित मेडल र प्रमाणपत्र प्राप्त गरयो । गल्कोट समाज जापान ग्रुप अफ जापानलाई पराजित गर्दे उपाधि जित्न सफल भएको हो । खेलमा ६ छुट्टा छुट्टै विद्यामा उत्कृष्ट खेलाडी छनौट गरी ट्रफीद्वारा सम्मान गरिएको थियो, जसमा वेष्ट प्लेयर राजन मल्ल ठकुरी, वेष्ट ब्लकर मनोज केसी, वेष्ट सेटर कृष्ण लामिछाने, वेष्ट स्पाईकर डम्मर बस्नेत, वेष्ट डिफेण्डर ललित भण्डारी, वेष्ट सर्भर हितु थापालाई प्रदान गरिएको थियो ।नेपालबाट आएका आर्मी टीमका कप्तान ओपन स्पाईकर मनबहादुर श्रेष्ठको उपस्थितिले प्रतियोगितामा थप रौनकता थपेको थियो । श्रेष्ठलाई क्लबले मायाको चिनोसहित विशेष सम्मान गरेको थियो । हरेक वर्ष जापानमा रहेर खेल जगतमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्दै आएको क्लबले यो वर्ष भलिबलका पूर्व खेलाडी याम खत्री र माधव बस्नेतलाई सम्मान प्रदान गरिएको थियो ।

क्लबले घम्बीर भण्डारी, मोहन ड्रागन, बसन्त गौचन र जापानमा भलिबलको शुरुवात गरेकोमा थकाली सेवा समिति जापानलाई यसअघि नै सम्मान गरिसकेको छ । प्रतियोगिता अध्यक्ष तथा कार्यक्रम संयोजक रत्नसिंह बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका महासचिव लक्ष्मण कार्की र सचिव दुर्गाबहादुर खत्रीले गरेको थिए ।

तपाईको प्रतिक्रिया