Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले अप्रिल १२ मा निकालेको नयाँ वरियतामा एक स्थान सुधार गर्दै १४ औ स्थानमा पुगेको हो ।

टि-टवान्टीको वरियतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ । गत माघमा घरेलु टोली युएईविरुद्धको एक दिवसीय सिरिजमा २-१ को जितपछि नेपाल आइसिसीको वरीयताक्रममा समेटिएको हो । उक्त सिरिजपछि नेपालले एकदिवसीय खेलको अवसर पाएको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदा नेपालले आफूभन्दा माथि रहेको युएईलाई पछाडि पार्दै एक स्थान सुधार गरेको हो ।

आइसिसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक पाएको छ । नेपालभन्दा मुनि युएई र नेदरल्याण्ड रहेका छन् । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्यान्‍ड रहेका छन् । यस्तै चौथोमा दक्षिण अफ्रिका र पाँचौंमा अस्‍ट्रेलिया रहेका छन् । पाकिस्तान छैटौँ स्थानमा रहँदा बंगलादेश सातौँ, श्रीलंका आठौँ स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया