Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

बुटवल – आठौं राष्ट्रिय खेलकुदमा गैरआवसिय नेपाली संघ (एनआरएनए) ले पहिलो स्वर्ण जितेको छ । आठौँ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षक भूषण बज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् ।

बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६-१, ६-२ को सोझो सेटमा पराजित गरे। गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए ।

महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६-०, ६-२ को सेटमा सहजै हराइन् । आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए ।

तपाईको प्रतिक्रिया