Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – मे अन्तिम सातादेखि इंग्ल्यान्ड र वेल्समा हुने आइसिसी एकदिवसीय विश्वकपका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ । सोमबार घोषणा गरिएको १५ सदस्यीय राष्ट्रिय टिममा पुरानै अनुहारको वर्चश्व छ ।

टिममा युवा विकेटकिपर रिशव पन्तले स्थान बनाउन सकेनन् । उनलाई टिममा राख्ने अनुमान गरिएपनि अनुभवी विकेटकिपर दिनेश कार्तिकलाई टिममा स्थान दिइएको छ । मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायादु पनि टिममा छैनन्। मध्यक्रममा विजय शंकरले स्थान पाएका छन् । श्रेयर इयर र मनिष पाण्डे पनि टिममा अटाएनन् ।

टिममा, विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार जादव, दिनेश कार्तिक, युजभेन्द्र चाहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र मोहमद सामी छन् ।

तपाईको प्रतिक्रिया