Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले यूएईसँग एक रनले पराजित भएको छ ।

शनिवार मलेशियाको किनरारा मैदानमा भएको खेलमा पहिलो खेल खेलिरहेका हरि चौहान र भीम सार्कीको पचास अर्धशतकको मद्दतले नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनायो । यूएईले भने ३० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षाले खेल रोकेपछि डिएलएस मेथडको आधारमा यूएई विजयी भयो ।

छ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिका खेलाडीको विश्वकप क्रिकेट प्रतियोगिताका स्थान पाउनेछ । मैदानमा २४८ रनको लक्ष्य लिएर आएको यूएईको सुरुवात राम्रो भएन् । पाँच ओभरभित्रै २२ रनमा यूएईले दुई विकेट गुमायो । तर अन्स टन्डन र भिर्त्या अराविन्दले १०१ रनको साझेदारी खेल्दै यूएईलाई खेलमा फर्काए । वर्षाले खेल रोक्नु अगाडीको अन्तिम बलमा सौरभ ढकालले टन्डनको विकेट लिए ।

यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न निमन्त्रण गर्‍यो । शुक्रवारको खेलमा सिङ्गापुरलाई २१७ रनले हराउँदा म्यान अफ द म्याच भएका पवन सर्राफ लामो समय टिक्न सकेनन् । सर्राफ १२ रन बनाएर आउट भए तर उनीसँग सुरुमा आएका रीत गौतम र आसिफ शेखले इनिङ सम्हाले । शेखले २७ बनाए भने कप्तान रोहित पौडेल १८ रनमा आउट भए । गौतम ४४ रन बनाएर आउट हुँदा नेपालको स्कोर पाँच विकेटमा ११५ रन थियो र नेपाली ब्याटिङ असफल हुने सम्भावना देखियो ।

तर चौहान र सार्कीले धैर्यपूर्वक खेले र दुवैले पचास रन पूरा गरे । सार्की ५४ बलमा चार चौका र दुई छक्काको सहायताले ५३ रन बनाएर आउट हुँदा नेपालले २०७ रन जोडिसकेको थियो । चौहान भने अन्तिमसम्म नटआउट रहे र ७४ बलमा सात चौकाको बलमा ६७ रन बनाएर नेपाललाई राम्रो स्कोरमा पुर्‍याए । यूएईको तर्फबाट सबैभन्दा सफल बलर रिषभ मुखर्जी रहे जसले ६४ रन खर्चेर चार विकेट लिए। मोहम्मद फराजुद्दिनले तीन विकेट लिए ।

प्रतियोगिताको दोस्रो चरण सकिदाँ यूएई र कुवेत दुई दुई खेल जितेर शीर्ष स्थानमा छन् भने नेपाल र ओमानले एक-एक खेल जितेका छन् । आयोजक मलेशिया र सिङ्गापुरले दुवै खेल हारेका छन् । प्रतियोगिताको विजेता मात्रै विश्वकपमा छनोट हुन्छ । नेपालले अर्को खेल सोमवार आयोजक मलेशियासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया